सभामुखको दसैं खर्च पनि कोरोना कोषमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

सभामुखको दसैं खर्च पनि कोरोना कोषमा


काठमाडौं, ३ कात्तिक :
सभामुख अग्निप्रसाद सापकोटाले यस वर्षको दसैं खर्च कोरोना कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

महामारीमा जनप्रतिनिधिले दसैं भत्ता लिएको भन्दै आलोचना भएपछि सभामुख सापकोटाले उक्त घोषणा गर्नुभएको हो । उहाँले महामारीलाई मध्यनजर गर्दै सत्तापक्ष र प्रतिपक्षले दसैं खर्च सरकारी कोषमा जम्मा गर्ने निर्णयको पनि स्वागत गर्नुभएको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि नै दसैं भत्ता फिर्ता गरिसक्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.