प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा


काठमाडौं, ३ कात्तिक :
प्रधानमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नुहुने भएको छ ।

मन्त्रिपरिषद्को गत असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोषमा जम्मा गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पनि कोरोना महामारीको समस्या दृष्टिगत गर्दै आवश्यक निर्णय गर्न अपिल गर्नुभएको छ ।

प्रवक्ता गुरुङले सरकार नागरिकको उपचार तथा रेखदेखबाट विमुख नभएको बताउँदै भ्रममा नपर्न अपिल गर्नुभएको छ ।

मन्त्रिपरिषद्को असोज २६ र २९ गते बसेको बैठकले स्थलमार्गबाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनलाई कात्तिक ३० गतेसम्म स्थगित गर्ने, पूर्ण सीट क्षमताका आधारमा सवारी सञ्चाल गर्ने र भाडादर पनि पुरानै कायम गर्ने निर्णय गरेको छ । बैठकले कतिपय सचिवहरुको सरुवा गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.