जीप दुर्घटनामा एक जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

जीप दुर्घटनामा एक जनाको मृत्यु


म्याग्दी, १४ कात्तिक :
म्याग्दीमा आज भएको जीप दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै चालकसहित ११ जना घाइते भएका छन् ।

रघुगंगा गाउँपालिका–६, ठाडाखानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप बेनी–जोमसोम सडकखण्डको गलेश्वर नजिकै दुर्घटना हुँदा १ जनाको मृत्यु भएको र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जीप दुर्घटनामा परेर मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानीको १० वर्षीया बालिका रिया बिक रहेको बेनी अस्पतालले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका ३ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । अन्य घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.