अनशनरत डा. केसीका मागका सम्बन्धमा वार्ता शुरु - pharaksandesh.com

मुख्य समाचार


Thursday 8 October 2020

अनशनरत डा. केसीका मागका सम्बन्धमा वार्ता शुरु


काठमाडौं, २२ असाेज :
चिकित्सा शिक्षा सुधारको माग राख्दै २५ दिनदेखि अनसनरत प्रा. डा. गोविन्द के.सी र सरकारी वार्ता टोलीबिच अहिले वार्ता भइरहेको छ ।

सरकारले हिजो वार्ता टोली गठन गरेपछि पहिलो पटक ‍औपचारिक वार्ता शुरु भएको हो । वार्ता अहिले शिक्षा मन्त्रालयमा भइरहेको छ ।

सरकारले अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

२ दिनअघि सरकारको निर्देशनमा सचिव मैनाली सहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राख्नुभएपछि सरकारले वार्ता समिति गठन गरेको हो ।

डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल चिकित्सक संघको अध्यक्ष डा लोचन कार्की, पुर्व अध्यक्ष डा अन्जनी कुमार झा , अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुनुहन्छ । प्रा डा केसी गत २५ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.