धरानमा तत्काल लकडाउन नहुने - pharaksandesh.com

मुख्य समाचार


Thursday 8 October 2020

धरानमा तत्काल लकडाउन नहुने


धरान, २२ असाेज :
दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पछि आज बसेको धरान उपमहानगरपालिकामा बसेको बैठकले तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । बैठकले नगरबासीहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आह्वान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले जानकारी दिनुभयाे ।

धरानका सबै नगरवासीलाई सचेत रहन आग्रह गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्न सार्वजनिक आव्हान गर्ने र त्यसको अनुगमन गर्न शसस्त्र प्रहरी, प्रहरी, नगरप्रहरी परिचालन गरिने उहाँले बताउनुभयाे ।

लकडाउनको साटो स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने बैठकमा सहभागीहरुकाे मत बढी रहेकाे उल्लेख गर्दै  अधिकृत खनालले यातयातमा यात्रा गर्दा पनि सेनिटाइजर, पञ्जा र मास्क प्रयोग भए नभएको पनि अनुगमन गर्ने निष्कर्ष  निकालेको जानकारी दिनुभयाे ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, पुर्वजनप्रतिनिधि, बुद्धिजिवि, वीपी प्रतिष्ठानका चिकित्सक सहित सहभागी थिए । बैठकमा सहभागी नेकपाका अध्यक्ष नारायण सुवेदीले पनि स्वास्थ्य प्रोटोकल पालना गर्न नगरबासीहरुलाई अनुरोध गर्ने, प्रचार गर्ने निष्कर्ष निकालिएको बताए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.