जोगवनीबाट लागुऔषध लिएर आउँदै गरका दुई जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

जोगवनीबाट लागुऔषध लिएर आउँदै गरका दुई जना पक्राउ


सुरुङ्गा, ४ कात्तिक : 
प्रहरीले दुई युवालाई भारतको जोगवनीदेखि लिएर आएको लागुऔषधसहित प्रहरीले विराटनगरबाट मंगलबार बिहान पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय शम्भु साह र ३० वर्षीय बिकी राईलाई प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनीहरुलाई विराटनगर–१६ दरैयाबाट बिहान ४ः१५ बजेतिर पक्राउ गरिएको जानकारी दिनुभयाे । पक्राउ परेकाहरुको साथबाट ६२ बोतल डाइलेक्स डीसी, एक सय ८७ ट्याब्लेट नाइट्रोसन र दुई सय ३८ ट्याब्लेट एस्पास्मोप्रोक्सिभन नाम लागुऔषध बरामद भएको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयाे ।

पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको खड्काले बताउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.