विराटनगर, ४ कात्तिक : मोरङमा तास खेल्दै गरेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका–७ बाट सोमबार राति ११ः५० बजेतिर पोखरीको डिलमा तास खेल्दै गर्दा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेहरुमा रतुवामाई–७ का ३४ वर्षीय गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फूयाँल रहेका छन् । त्यस्तै ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुको साथबाट १२ बुक तास, १४ हजार दुई सय ७० रुपैयाँ नगद, छ सय मलेसियन सिंगेट, को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नम्बरको मोटरसाइकल बरामद भएको एसपी खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार पक्राउ परेकाहरुविरुद्ध मंगलबार जुवा ऐन अन्तर्गत मुद्दा चलाउन अनुसन्धान थालिएको छ ।

No comments:
Post a Comment