जसपाको केन्द्रीय समिति आकार बढाएर ८०१ सदस्यीय बनाइयो - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

जसपाको केन्द्रीय समिति आकार बढाएर ८०१ सदस्यीय बनाइयो


काठमाडाैँ, ४ कात्तिक :
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताउनुभयाे । 

विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उहाँको भनाइ छ । विधान संशोधन पारित भएसँगै अब केन्द्रीय समितिको संख्या ८०१ सदस्यीय हुने भएको उहाँले बताउनुभयाे । 

वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो । दुवै पार्टीलाई समायोजन गर्नका लागि आ-आफ्नो तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो ।

दसैं भत्ता खारेजको माग
यसैबीच जसपा नेपालले संसद सचिवालयबाट दिइएको दसैं भत्ता खारेजको माग गरेको छ । यदि सो खारेज नगरे जसपा नेपालले त्यो भत्ता नलिई कोभिड–१९ कोषलाई दिने निर्णय समेत गरेको छ । 

त्यस्तै, सरकारले आधारभूत शिक्षालाई खारेज गरेकोप्रति पनि जसपाले आपत्ति जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.