काठमाडौँ, ४ कात्तिक : पछिल्लो २४ घण्टामा देशभरबाट १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १३ लाख १४ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ३९ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी काठमाडौँ उपत्यकामा १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप २ हजार १ सय ८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर २७३ जनाको आइसियुमा र ७८ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा ४१ हजार ७ सय ५५ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार २ सय २० जना क्वरेण्टीनमा छन् ।

No comments:
Post a Comment