गृह मन्त्रालयले भन्यो– संकटकाल पनि लाग्दैन, कर्फ्यु पनि लाग्दैन - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

गृह मन्त्रालयले भन्यो– संकटकाल पनि लाग्दैन, कर्फ्यु पनि लाग्दैन


काठमाडौं, ३ कात्तिक :
गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर सङ्कटकाल र कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

‘उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्येहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.