मन्त्री नेम्बाङलाई पनि कोरोना संक्रमण - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

मन्त्री नेम्बाङलाई पनि कोरोना संक्रमण


काठमाडौं, ३ कात्तिक :
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण भएको छ ।

सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएपछि मन्त्री नेम्बाङ होम आइसोलेसनमा बस्नुभएको उहाँका प्रेस संयोजक संयोजक सन्दीप राईले जानकारी दिनुभयो । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहनुभएकालाई पनि होसियारी अपनाउन अपिल गर्नुभएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.