कांग्रेसद्वारा डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

कांग्रेसद्वारा डा. केसीको सत्याग्रहमा ऐक्यबद्धता


काठमाडौं, १९ असाेज :
कांग्रेसले प्रा.डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ। डा.केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै कांग्रेसले सोमबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा धर्ना दिएको छ। कांग्रेस सूचना सञ्चार तथा प्रचार विभागका तर्फबाट पार्टी प्रवक्ता तथा विभाग प्रमुख विश्वप्रकाश शर्मा, उपप्रमुख डा.सुरेश आचार्य, सदस्य नीर शाह, मधुकर खनाल, दिनेश थापामगर लगायतको उपस्थितिमा धर्ना दिइएको हो।

कांग्रेस प्रवक्ता शर्माले डा.गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न र उनको जीवनरक्षा गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ।

प्रवक्ता शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गर्दै डा.केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनुभयाे।
उहाँले अनसनको २२ दिन पुग्दा पनि सरकारले वार्ता समेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिस्टतन्त्र जागृत भइरहेको शर्माले बताउनुभयाे।

कांग्रेसले शुल्क समायोजन, अध्यादेश मार्फत ७५ प्रतिशत छात्रवृति, काठमाडौँमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेपनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माले बताउनुभयाे।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.