सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान


सङ्खुवासभा, १२ पुस :
सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर नगरपालिका ४ मैदानेमा दिउँसो सवा ३ बजेतिर गोली हानाहान भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले जानकारी दिनुभयो ।

चन्द समूहका जिल्ला इन्चार्ज युवराज राईलगायतका नेता, कार्यकर्ता मैदानेमा रहेको सूचनाका आधारमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घेरा हाल्दा विप्लव समूहका कार्यकर्ता फायरिङ गर्दै भागेको डीएसपी मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार चन्द समूहका कार्यकर्ताले ५/६ राउण्ड गोली चलाएका थिए भने प्रहरीले झण्डै १५ राउण्ड गोली चलाएको थियो ।

दुवै समूहबीच गोली हानाहान भए पनि कुनै क्षति भने भएको छैन । चन्द समूहका कार्यकर्ता भागेको जङ्गल क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी मल्लले बताउनुभयो । चन्द समूहका कार्यकर्ताको सेल्टर क्षेत्र भनेर चिनिँदै आएको मैदानेमा यसअघि पनि दुई पटक सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भइसकेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.