बारामा स्थानीय र प्रहरीबीच झडप, एक जना बालकलाई गोली लाग्यो - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

बारामा स्थानीय र प्रहरीबीच झडप, एक जना बालकलाई गोली लाग्यो


बारा, १३ कात्तिक :
बाराको सिमावर्ती सुवर्ण गाउँपालिका वडा नं.२ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि हिजो प्रहरी र स्थानीय बिच झडप भयो ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना बालक गम्भीर घाइते भएका छन् ।

बुधबार राति साँढे ८ बजेतिर भारतबाट ल्याइँदै गरिएको आलु र प्याजलाई प्रहरीले खाेसेर कलैयातर्फ लैजाने क्रममा स्थानीयले रोक्न खाोज्दा भएको झडपमा गोली लागेर सुवर्ण गाउँपालिका वडा नं.२ कै १४ वर्षीय रंजन कुमार यादव घाइते भएका हुन । उनको टाउकोमा गोली लागेको छ ।

बालकको स्थानीय एस.आर अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि बिरगंजको नारायणी बयोधा अस्पतालमा रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले जानकारी दिनुभएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन भन्दा बढी हवाई फायर गरेको थियो ।

घाइतेको साथमा रहेका स्थानीय रामनिवास यादवले बयोधा अस्पतालमा घाइतेको सिटी स्क्यान भएको र गोली टाउकोको बाँया पट्टिको भागमा भित्रै रहेको बताउनुभएको छ ।

हिजो साँझ ६ बजे आधा दर्जन बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएर कलैयाबाट प्रहरीको गाडी मगाएर जिल्ला लान खोज्दा झडप भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.