काेराेना सङ्क्रमण राेक्न सरकार पूरै उदासीन भयाे : कांग्रेस - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

काेराेना सङ्क्रमण राेक्न सरकार पूरै उदासीन भयाे : कांग्रेस


काठमाडाैँ, १९ असाेज :
नेपाली कांग्रेसले कोरोना सङ्क्रमणको खतराप्रति सरकार पूरै उदासीन बनेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले विज्ञप्ति निकालेर आइसोलेशनमा बस्ने ठाउँ नभएका सङ्क्रमितलाई समेत केही दिनमा सम्पर्क गर्नु भन्दै पन्छाएर खतरा बढाइरहेको बताउनुभएको छ ।

विज्ञप्तिमा सरकारले सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था गर्न नसकेको, लक्षण देखिएकाको सहज उपचार नभएको लगायत समस्या देखिएको भन्दै सरकारलाई सङ्क्रमण रोक्न जिम्मेवार बन्न आग्रह गरिएको छ ।

कांग्रेसले कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाउन, मापदण्डअनुसार बस्ने व्यवस्था नभएका सङ्क्रमितलाई राख्न सरकारले आइसोलेशनको तत्काल व्यवस्था मिलाउनु र्ने र लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.