चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मृत अवस्थामा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 13 October 2020

चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मृत अवस्थामा


चितवन, २७ असाेज :
चितवन राष्ट्रिय निकुञ्जमा फेरि एउटा मृत गैंडा फेला परेकाे छ ।

हिजो चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर अन्तर्गतको त्रिवेणी क्षेत्रको विनयत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना) मा नारायणी नदिको किनारमा मृत गैंडा फेला परेकाे चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा सहायक वार्डेन अशाेक रामले बताउनु भयाे ।

करिव ३०/३५ वर्षको यो गैंडा अर्को भाले गैंडासँग जुधेर घाइते भएर मरेको अनुमान गरिएको छ । मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

यो सहित यस आ.व. २०७७/०७८ मा ९ वटा गैंडा विभिन्न कारणले मरेका निकुञ्जले जनाएकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.