खेतमा माटो फालेको निहुँमा विवाद हुँदा हँसिया प्रहार, दुई गम्भीर घाइते - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 13 October 2020

खेतमा माटो फालेको निहुँमा विवाद हुँदा हँसिया प्रहार, दुई गम्भीर घाइते


बझाङ, २७ असाेज :
बित्थडचिर गाउँपालिका–६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बित्थडचिर-६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन्।

उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।

हँसियाले लालुको टाउको र हात तथा चन्द्रसिंहको गर्धन र पिँठ्युमा गम्भीर चोट लागेको छ। घाइते दुवैलाई उपचार हुन गराउन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ।

अभियुक्त नाथलाई प्रहरीले भाग्ने क्रममा बझाङको धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.