काठमाडौं, २८ असाेज : नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यमा पुनःनिर्वाचित भएको छ। मंगलबार राति राष्ट्रसंघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो।
नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ। मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो। अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ।
एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन्। परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ।
No comments:
Post a Comment