मानिसलाई यी कुराले डोर्याइरहेको हुन्छ ।
१. उसले बनाएको अवधारणाले मनलाई,
२. मनले भौतिक शरिरलाई,
३. भौतिक शरिरले विभिन्न क्रियाकलापलाई,
४. क्रियाकलापले उसको पहिचानलाई।
मानिसको वास्तिविक सोच नै उसको पहिचान हो । सकरात्मक सोच नै मानिसको जीवनको उर्जा हो । सकरात्मक सोचमा हजारौं गुणा बढी शक्ति हुन्छ । “निराशावादी हरेक अवसरमा समस्या देख्दछ । तर आशावादी हेरक समस्यामा अवसर देख्दछ ।” —विष्टर्न चर्चिल
सकरात्मक सोच मान्छेको भित्रि मनका संसारमा हुन्छ । तर अहिलेको समयमा मानिसहरुमा आफू मात्र राम्रो । आफ्नो काम मात्र उत्तम । आफ्नो भनाई मात्र सहि । भन्ने भावनाको विकास दिनदिनै बढिरहेको देखिन्छ । यस्तो विचारले क्षणिक समय मात्र आनन्द दिन्छ । एक्लो हुदा त मुर्ख र दुःखी भएको महसुस हुन्छ । त्यसैले सकरात्मक सोच हुन आवश्यक छ ।
सकरात्मक सोच विकासका लागि आफूबाटै दिनको शुरुवात बाटै गर्न सकिन्छ । जसका लागि केहि मन्त्रहरु
१. आजको दिन म मुस्कानबाट सुरु गर्नेछु ।
२. आजको दिन म शान्त रहनेछु ।
३. आजको दिन म प्रसन्न रहनेछु ।
४. आजको दिनभर इमान्दारीकासाथ काम गर्नेछु ।
५ आजको दिन म सबैलाई आदर, सम्मान र प्रेम गर्नेछु ।
६. आजको दिन म ईश्वर र प्रकृतिसंग आभारी हुनेछु ।
७. आजको दिन म बोल्ने कम सुन्ने काम धरै गर्नेछु ।
सकरात्मक सोचका लागि लक्ष्य स्पष्ट हुनुपर्छ । भागवत गीताका अनुसार तपाई जस्तो सोच्नुहुन्छ त्यस्तै बन्नुहुन्छ ।
सकरात्मक सोचले व्यवहारमा पार्ने सकरात्मक प्रभावः
१. सफलताको शिखर चुम्न सहयोग गर्छ ।
२. व्यक्तिमा क्षमता र उर्जा सिर्जना गर्दछ ।
३. व्यक्तिको स्वभिमानमा वृद्धि गर्दछ ।
४. नेतृत्व विकासमा वृद्धि गर्दछ ।
५. व्यवसायमा वृद्धि गर्दछ ।
६. संगठनको प्रगति गर्दछ ।
सकरात्मक सोच भनेको प्रज्ञा र बौद्धिक मन हो । पवित्र र स्पष्ट मन हो । समानता र समभावको भावना हो । मित्रता र आपसी सहयोग हो । करुणा र विवेक हो । जीवनको यथार्थ पत्ता लगाउने ज्ञान हो । सन्तोष र आनन्द हो । शान्ति र सिर्जना हो । धैर्य, साहस, निडर, जोस जाँगर र आत्मविश्वास प्रदान गर्ने आन्तरिक शक्ति हो ।
मान्छे आफ्नो नाम, दाम, शक्ति, भौतिक भोगविलासीका वस्तु, विचार र देखावटी धार्मिक शीलसपथ अरुको भन्दा राम्रो र ठान्छ । अनि गजक्क अहंकारले फुल्छ । जसले गर्दा समाजमा उँच नीच, ठूलोसानो भन्ने विभेद उत्पन्न गर्छ । अरुको प्रगति र खुसी देख्न नसकी ईष्र्याले जल्छ । ईष्र्याले जलेपछि आफूलाई असुरक्षित महसुस गर्छ । त्यसैले यी सम्पूर्णबाट व्यक्तिले आफूलाई बचाउन सकरात्मक सोचको अवधारणालाई अगी बढाउन जरुरी छ ।
सकरात्मक सोचले :
१. विगतका सफलताबाट पाठ सिकाउँछ ।
२. वर्तमान क्षमतालाई आत्मसात गर्न सिकाउछ ।
३. समृद्ध भविष्यका लागि परिकल्पना र योजना बनाउन सहयोग गर्छ ।
४. लक्ष्य हासिल गर्न र उद्देश्य पुरा गर्न सहयोग गर्छ ।
(नोट: विभिन्न अनुसन्धानमूलक सन्दर्भ सामाग्रीबाट सङ्कलन गरी तयार पारिएको लेख हो। )
(नोट: विभिन्न अनुसन्धानमूलक सन्दर्भ सामाग्रीबाट सङ्कलन गरी तयार पारिएको लेख हो। )
No comments:
Post a Comment