प्युठानमा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

प्युठानमा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते


काठमाडौं, ४ कात्तिक :
प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ ।

जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो ।

तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक दाङ बन्जाडेका ४० वर्षीय तारा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले बताउनुभयो । सो दुर्घटनामा तीन यात्रु घाइते भएका छन् ।

बङ्गलाचुली गाउँपालिका–३ की ३० वर्षीया वसन्ता विक, माण्डवी १ तिराम बस्ने वर्ष ४५ को लक्ष्मी खत्री गम्भीर घाइते हुनुभएको छ भने माण्डवी गाउँपालिका–१ तिरामका ६६ वर्षीय गोकर्ण अधिकारी सामान्य घाइते भएको सूचना अधिकारी ढकालले बताउनुभयो । बस सडकदेखि २०० मिटर तल खसेको छ ।

घाइतेलाई उपचारका लागि दाङ पठाउने तयारी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.