चितवनमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday 30 October 2020

चितवनमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु


चितवन, १४ कात्तिक :
चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए ।

उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान ६.५४मा उनको मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा किशोर अधिकारीले जानकारी दिनुभयो ।

यस्तै अर्का रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–८ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए ।

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको बिहीबार राति ११.४७ बजे मृत्यु भएको डा अधिकारीले जानकारी दिनुभयो । उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड सघन उपचार कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.