कोरोना विशेष अस्पताल बुटवलमा थप दुई जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

कोरोना विशेष अस्पताल बुटवलमा थप दुई जनाको मृत्यु


बुटवल, २१ असोज  :
कोरोना विशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगर ९ की ५५ वर्षीया महिला र नवलपरासी पश्चिमको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुष रहेका छन् । 

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार असोज १७ गते अस्पतालमा भर्ना गरिएकी बुटवलकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको हो । असोज १६ गतेदेखि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको गएराती १२ः५० बजे मृत्यु भएको हो । मृतकहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.