भेरी अस्पतालमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

भेरी अस्पतालमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु


नेपालगञ्ज, २१ असोज :
स्वास्थ्य उपचारमा नेपालगञ्जस्थित भेरी अस्पतालले थप फड्को मारेको छ । सो अस्पतालमा पहिलो पटक माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु गरिएपछि अस्पतालले सो फड्को मारेको हो ।अस्पतालमा एक करोड ४१ लाख भन्दा बढीको अपरेटिङ माइक्रोस्कोप जडानपछि मस्तिष्कका नशा फुलेर फुटेकोमा बाँध्ने, रगतका नशाहरुको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रियामा सहजता हुने अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भेरीमा सो सेवा शुरु गरिएपछि बाँकेसहित दाङ, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका नशासम्बन्धी समस्या भएका विरामीहरुलाई उपचारका लागि भारतको लखनउ र काठमाडौं जाने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

उहाँले भेरी अस्पताल नेपालगञ्जमा न्यूरो सर्जन डा हरि पौडेल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा डा. जोशन न्यौपाने, मेडिकल कलेज कोहलपुरमा डा. नरेन्द्र बास्कोटा र सञ्जीव कुमार झा जस्ता प्रसिद्ध न्यूरोका चिकित्सकहरू र रहेकोले उपचारमा सहजता हुने बताउनुभयो ।

अपरेटिङ माइक्रोस्कोप जडान गरिएलगत्तै अस्पतालमा बर्दियाका दुईजना विरामीको अपरेटिङ माइक्रोस्कोपबाट सफल शल्यक्रिया गरिएको भेरी अस्पतालका न्यूरो सर्जन डा. हरि पौडेलले बताउनुभयो ।

नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर र नेपालगञज शिक्षण अस्पताल लगायत अन्य निजि अस्पतालका सेवाहरु स्तरीय हुँदै गएपछि पश्चिम बाँके जिल्ला नेपालको स्वास्थ्य हब बन्दै गएको चिकित्सकहरुले जनाएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.