खाेप ल्याउन कसैसँग सम्झाैता भएकाे छैन : मन्त्रालय - pharaksandesh.com

मुख्य समाचार


Friday, 2 October 2020

खाेप ल्याउन कसैसँग सम्झाैता भएकाे छैन : मन्त्रालय


काठमाडाैँ, १६ असाेज :
सरकारले कोरोना भाइरसविरुद्धकाे खोप आयातसम्बन्धी कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ ।

एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरप्रति इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताउनुभयो ।

विश्वका विभिन्न ठाउँमा विकास गरिरहेका खोप तेस्रो चरणमा पुगेको र यदि सुरक्षित भएर नियामक निकायबाट आम नागरिकमा प्रयोग गर्न अनुमति दिएमा सरकारकै पहलमा खोप ल्याउने पनि उहाँले बताउनुभयो । 

यसअघि दुई करोड ५० लाख खोप नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सम्झौता भएको आरडीआईएफ ले निकालेकाे विज्ञप्तिमा भनिएकाे थियाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.