कपिलवस्तु, १६ असाेज : कपिलवस्तुको मायादेवी गाउँपालिका ७ बनकसियाबाट ४२ लाख मूल्य बराबरको आधा किलो सुन प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भारततर्फ सुन तस्करी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो सुन बरामद गरेको हो । सुनसँगै प्रहरीले मायादेवी गाउँपालिका ४ बस्ने ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया बालिकालाई पक्राउ गरेको छ ।
लु ५६ प ६३१० नम्वरको मोटरसाइकल खानतलासी गर्दा गुप्ताले कम्मरमा बाधेको निलो रङको थैलीभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।
उक्त सुन र निजको साथ रहेको नगद आठ हजार रुपैयाँ र मोटरसाइकलसहित गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment