झापाको सीमावर्ती पाठामारीमा बीओपी स्थापना - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

झापाको सीमावर्ती पाठामारीमा बीओपी स्थापना


सुरुङ्गा, २० असाेज :
भारतसँग सीमा जोडिएको झापाको कचनकवल गाउँपालिका–५ पाठामारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट स्थापना गरिएको छ ।

खुला सीमाका कारण सीमापारबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहज हुने उद्देश्यले बीओपी स्थापना गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरकिा बाहिनपिति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले सोमबार सो बीओपीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कचनकवल गाँउपालिकाले ३ कट्ठा जग्गा उपलब्ध गराएपछि तीवटा अस्थायी किसिमका ब्लक निर्माण गरी बीओपी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बल नं २ गण भद्रपुरका सूचना अधिकारी डीएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.