राजधानी र नामाकरणको प्रस्ताव बिशेष समितिको सिफारिसकै आधारमा - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

राजधानी र नामाकरणको प्रस्ताव बिशेष समितिको सिफारिसकै आधारमा


रुपन्देही, २० असाेज :
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी र नामाकरणको प्रस्ताव संसदले गठन गरेको बिशेष समितिको सिफारिसकै आधारमा गरिएको बताउनुभएको छ । उहाँले १२ जिल्लाका जनताको समृद्धिको चाहनालाई प्रतिनिधित्व गरेर सरकारले प्रस्ताव गरेको स्पष्ट पार्नुभयो ।

प्रदेश सभामा सांसदरुहरुले उठाएका प्रश्नको जवाफ दिँदै ५ नम्बर प्रदेश समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने जिकिर गर्दै मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको बताउनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाबाट हरित क्रान्तिको सुरुवात गर्ने सम्भावना रहेको उल्लेख गर्दै राप्ती नदीको सिक्टा र भेरी बबई डाईभर्सनको काम पुरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पार्नुभयोे ।

बुटवल भैरहवा औद्योगिक करिडोरको डीपीआर तयार भइसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउने तयारी भएको जानकारी दिनुभयो । सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको र प्रदेशमा नेपालकै सबैभन्दा ठुलो चिडियाखाना बुटवलमा बनाउने, उजिरसिंह रङ्गशाला र बुटवल भैरहवा करिडोरलाई आर्थिक राजधानीका रुपमा विकास गर्न सकिने प्रदेश सरकारले मान्यता राखेको उहाँले बताउनुभयो । आजकै मन्त्रिपरिषदको बैठकले बुटवल क्षेत्रलाई वित्तीय राजधानीका रुपमा विकास गर्ने निर्णय गरेको समेत जानकारी दिनुभयो ।

पोखरेलले राजधानी दाङ मात्र होइन लुम्बिनी अञ्चलको अर्घाखाँचीको सितगङ्गा नगरपालिकालाई मिसाएर लुम्बिनीको पनि समावेश गरिएको बताउनुभयो ।

प्रदेशको प्रस्तावित राजधानी भालुवाङ क्षेत्रले थारु र मगरात सभ्यताको प्रतिनिधित्व गर्ने बताउनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.