केएमसी अस्पतालको तेस्रो तलाबाट युवा हाम्फाले - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

केएमसी अस्पतालको तेस्रो तलाबाट युवा हाम्फाले


काठमाडौं, ३ कात्तिक :
सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हाम्फालेर आत्महत्या प्रयास गरेका छन् । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हाम्फालेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताउनुभयाे । खड्काको अवस्था गम्भीर छ । 

अहिले उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनी हाम्फालेका हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.