धनकुटामा सुख्खा पहिरोले टावरमा क्षति - pharaksandesh.com

मुख्य समाचार


Thursday 29 October 2020

धनकुटामा सुख्खा पहिरोले टावरमा क्षति


धनकुटा, १३ कात्तिक :
बर्षापछिको सुख्खा पहिरोका कारण कोशी करिडोरको २२० के.भी. प्रसारण लाइनको लागि निमार्ण गरिएको टावरमा क्षति पुगेको छ ।

धनकुटा नगरपालिका वडा नम्बर ९ स्थित रोइला गाउँमा रहेको टावर ४८।४ रहेको स्थानमा पहिरोको कारण टावर भत्किँदा १ करोड बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।

पहिरोको कारण टावर रहेको स्थान चिरिएको र सोहि स्थानमा रहेको सल्लाको रुख ढलेर टावरमा लाग्दा टावर बांङ्गिएर कामै नलाग्ने अवस्थामा पुगेको अस्थायी प्रहरी चौकी बेलहराका प्रहरी सहायक निरिक्षक छवीलाल भण्डारीले जानकारी दिनुभयो ।

पहिरोका कारण टावरको मुनि रहेको बस्ती उच्च जोखिममा रहेको स्थानीय तोयानाथ आर्चायले जानकारी दिनुभयो ।

जमिन चिरा चिरा परी टावर रहेको क्षेत्रदेखि मुनिअझै पनि माटो झरिरहेको कारण उक्त क्षेत्र उच्च जोखिमा रहेको हो ।

पहिरो गएको स्थानदेखि भण्डै १ सय मिटर तल धरान-धनकुटा सडकखण्डको गुठिटार क्षेत्रको केहि भागसमेत भासिएको छ ।

पहिरो गएको स्थानमा समयमा नै आवश्यक सर्तकता नअपनाए कुनैपनि बेला जोखिम निम्तिने भन्दै स्थानीय सरकारसँग पहिरो क्षेत्रका बासिन्दाले आवश्यक पहल गर्न आग्रह गरेका छन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.