प्रदेश ५ राजधानीबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक - pharaksandesh.com

मुख्य समाचार


Saturday, 3 October 2020

प्रदेश ५ राजधानीबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक


बुटवल, १७ असोज :
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावबारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक बसिरहेको छ ।बिहानदेखि शुरु भएको बैठक जारी रहेको नेकपाका प्रदेश प्रमुख सचेतक भूमीश्वर ढकालले बताउनुभयो ।बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसिरहेको छ ।

शुक्रबार प्रदेश मन्त्री परिसद बैठकले स्थायी राजधानी भालवाङ केन्द्रित देउखुरी क्षेत्रमा बनाउने निर्णय गरेको थियो । संसदीय दलको बैठक उक्त निर्णयमा सहमति जुटाउन केन्द्रित रहेको सहभागि एक नेताले बताउनुभयो ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल नगर कमिटीले राजधानीबारेको प्रस्तावप्रति बिरोध जनाएको छ । नगर अध्यक्ष बाबुरा पन्थीले बिज्ञप्ति जारी गर्दै उक्त प्रस्तावबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, बिपक्षी नेपाली कांग्रेसका १९,मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.