संक्रमणको सकसले पेशा नै संकटमा - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

संक्रमणको सकसले पेशा नै संकटमा


धादिङ, ४ कात्तिक :
जिल्लामा कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा ज्याला र मजदुरी गरी दैनिकी चलाउने वर्गका मानिसहरु निकै समस्यामा परेका छन्।

फैलँदो संक्रमणका कारण मजदुरी गर्न नपाउने समस्या त छदैँछ । अझ आफ्नो शिप लगाएर उत्पादन गरेका समाग्रीसमेत विक्रि नहुँदा त झन उनीहरुको समस्या झन चर्चँदै गएको छ । यतिसम्मकी बिहाना बेलुकीको गर्जो टार्नसमेत निम्न आय भएका मानिसहरुलाई कठिन पर्दै गएको उनीहरु गुनासो गर्छन ।

महामारीको प्रत्यक्ष मारमा २०७२ सालको भुकम्पबाट वस्थापित भई सदरमुकाम आसपासमा वसोबास गर्दै आएका स्थानीयहरु बढी परेका छन्। उनीहरुले बजारमा ज्याला मजदुरी गर्ने काम पनि पाउन छाडेका छन्।

उनीहरुको आम्दानीको प्रमुख श्रोत मानिएकव बाँस र निगालोको चोयाबाट बनेका सामाग्री हुन । तर यी सामाग्री आजकल बिक्री हुन छाडेका छन । अब उनीहरुको पेशा नै संकटमा पर्न थालेको छ।

बाँस र निगालोको चोयाबाट मान्द्रो, डोको र थुन्से बनाउने पेसा अब संकटमा पर्दै गएको चिन्ता उनीहरुमा छ ।

उत्पादन गरेको सामानहरु बजारमा विक्रि हुन छाडेको र कोरोना संक्रमणका कारण गाउँमा गई अन्नसँग डोको थुन्से साट्न पनि नपाउँदा उनीहरुलाई परिवार पाल्न मुस्किल पर्दै गएको छ । लाखौंको डोको र थुन्से महिनौदेखि गोदाममा थन्किएर बसेका छन।

खासगरी, भुकम्पपछि बस्ती नै पहिरोको जोखिममा परी उत्तरी धादिङको रि-स्थित रिचेत, कराङ्ग,चेप्रङ्गलगायतका स्थानहरुबाट विस्थापित भई आएका स्थानीयहरु अहिले निकै समस्यामा परेका हुन्।

सरकारले जमिन किनिदिएपछि विभिन्न गैरसरकारी संस्थाको सहयोगमा बस्ने घर बनाएको तर चोयाबाट बुन्ने सामाग्रीबाहेक आम्दानीको श्रोत केही नभएको उनीहरुको गुनासो छ।

अहिले बाँस र निगालो मुल्यमा समेत गिरावट आएकाले गर्दा लागत मुल्य पनि नउठ्ने विस्थापितहरु बताउँछन।

गत एक वर्ष अघि नै दुई सय पचासमा विक्रि हुने गरेको डोको थुन्से आजकाल प्रतिगोटा एकसयदेखि एक सय असिसम्ममा झरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.