वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 11 October 2020

वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु


चितवन, २५ असाेज :
चितवनको भरतपुर महानगरपालिका- २० का वडाध्यक्ष मणीलाल तामाङको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

तमाङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको अस्पतालका कोभिड १९ क्लिनिकल को-अर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिनुभएको हो ।

७० वर्षिय तामाङलाई असोज १४ गते कोरोना पुष्टि भएसँगै उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो । तामाङलाई असोज २३ गते भर्ना गरिएको हो ।

उनलाई मधुमेह, उच्च रक्तचापको समेत समस्या थियो । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

तामाङ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.