प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday 8 October 2020

प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ


धादिङ, २२ असाेज  :
गजुरी गाउँपालिकास्थित आदमघाट बजारबाट प्रतिबन्धित लागू औषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पृथ्वी राजमार्गस्थित आदमघाट क्षेत्रमा लागु औषधको अवैध कारोवार हुन्छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरीले टोलीले चरेससहित एकजना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खनियाँवास गाउँपालिकाको झालाङ्गस्थित तर्चिका-३७ वर्षीय रेशम बहादुर तामाङ्ग रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख विश्व खड्काले जानकारी दिनुभएको छ ।

निजको साथबाट बिक्रिका लागि लैजाँदै गर्दा २० किलो चरेससहित आठ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तामाङ्गलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.