दाना–खुर्कोट प्रसारण लाइनको काम अझै तीन महिना ढिला हुने - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

दाना–खुर्कोट प्रसारण लाइनको काम अझै तीन महिना ढिला हुने


काठमाडौं, ३ कात्तिक :
डेढ बर्ष अघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको कालीगण्डकी करिडोरअन्तर्गतको दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको काम अझै तीन महिना ढिला हुने भएको छ । टावर तथा सबस्टेसन निर्माण भए पनि बाढी पहिरोका कारण म्याग्दीदेखि पर्वतसम्मका विभिन्न संस्थानमा गाडिएका पोलमा क्षति भएपछि निर्माण कार्यमा थप ढिलाइ हुने भएको हो ।

कुश्मा नगरपालिका २ खुर्कोटका ३ सय भन्दाबढी परिवारले शुरुको सम्झौताअनुसार काम नभएको भन्दै हाइटेन्सन सार्न माग गर्दै विरोध गरिरहेका छन् ।

विद्युत् प्राधिकरणले दाना–खुर्कोट प्रसारणलाइनलाई नवलपरासीको बर्दघाटसम्म र्पुयाउने गरी १ सय ४३ किलोमिटर लामो कालिगण्डकी कोरिडोर प्रसारण आयोजनालाई खण्ड खण्डमा निर्माण कार्य अघि बढाएको थियो । एशियाली विकास बैंकको सहयोगमाकरिब २ अर्ब ७५ करोड रुपैयाँखर्च हुनेगरि चारबर्ष अघि शुरु गरेको दाना, खुर्कोट सवस्टेशन र प्रसारण लाइन गत कात्तिकमै सक्ने लक्ष्य थियो ।

म्याग्दी र मुस्ताङ अन्तर्गत कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरि निर्माण गरिएकाे हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.