काठमाडाैँ उपत्यकामा संक्रमणको उच्च जोखिम, सतर्कता अपनाउन सरकारको आग्रह - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

काठमाडाैँ उपत्यकामा संक्रमणको उच्च जोखिम, सतर्कता अपनाउन सरकारको आग्रह


काठमाडाैँ, २१ असाेज :
 काठमाडाैँ उपत्याकामा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशैं लगायतका चाडपर्व समेत आएको सन्दर्भमा उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको हो ।

मन्त्री ज्ञवालीले दशैं मनाउँदा जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र धेरै आवत जावत नगर्न पनि सरकारका तर्फबाट आग्रह गर्नुभयो । उहाँले जेष्ठ नागरिकको स्वास्थ्यका लागि आशिर्वाद बचाऔं भन्ने नारालाई पालना गर्न पनि अनुरोध गर्नुभयो ।

प्रवक्ता ज्ञवालीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सबै प्रकारका परीक्षा संचालनको अनुमति दिइएको जानकारी पनि दिनुभयो ।

त्यसैगरी शिक्षा सेवा आयोगमा रिक्त पदको सिफारिशका लागि समिति गठन गरिएको र विभिन्न मुलुककाअवैतनिक दूत र महाबाणिज्यदूतहरुको अवधी थप, नयाँ नियुक्ति र केहीलाई हटाउने निर्णय गरिएको जानकारी पनि दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.