अटो रिक्सा आपसमा ठोक्किँदा एकको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

अटो रिक्सा आपसमा ठोक्किँदा एकको मृत्यु


लहान, २१ असोज  :
सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोही अटोरिक्सामा सवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ निवासी ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका– १ निवासी ३० वर्षीया पुनम यादव घाइते भएको र उहाँहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

ज्यान मार्ने उद्योग मुद्धामा फरार अभियुक्त पक्राउ
ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिरहाको कल्याणपुर नगरपालिका– ३ इटारी प्रसाही निवासी ३० वर्षीय रामकुमार मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डललाई कल्याणपुर– ११ बाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.