पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी,१५ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday 7 October 2020

पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी,१५ जनाको मृत्यु


काठमाडौँ, २१ असाेज :
पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १४ हजार २ सय ९ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ४ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म ११ लाख १३ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ९४ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार २ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ गरी काठमाडौँ उपत्यकामा १ हजार ६ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार १ सय २६ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार १ सय २६ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज काठमाडौँमा ६ जना, मोरङमा २ जना, सिराहा, रौतहट, ललितपुर, चितवन, रुपन्देही, नवलपरासी र दाङमा एक एक जना गरी ९ जनाको मृत्यु भएको छ । आज ५ महिला र १० पुरुषको मृत्युभएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २३३ जनाको आइसियुमा र ३७ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २५ हजार ७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार १ सय ६४ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.