के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ? - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 20 October 2020

के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ?


के हो उल्का वर्षा ? यो कसरी देखिन्छ ? कहिलेकाहिँ राति आकाशमा तारा खरेको त हामीले देखेकै छौँ । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी जब पुच्छ्रेताराको कक्षको नजिक आइपुग्छ तब धुलोका कणहरु र चट्टानहरु तीब्र गतिमा पृथ्वीको वायुमण्डलमा ठोक्किएर जल्दछन् । यसैलाई खगोल विज्ञानमा उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ । खगोलविद्हरूका अनुसार, १० पटकभन्दा बढी पटक हुने यस्ता घटनालाई उल्का वर्षा भनिन्छ । यसका विभिन्न रूप हुन्छन् । वर्षको पहिलोपटक हुने वर्षाको नाम भने वीणा हो ।

थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा आज राति उल्का वर्षा देखिन्छ । थ्याचर पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । पुच्छ्रेतारा वा धुम्मकेतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् । परिक्रमा गर्ने क्रममा ती धूलोका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिँदा उल्का देखिने गर्दछ ।

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ भनिएको हो । यसले ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्का वर्षा नाम दिइएको हो ।

के हो हेलीको पुच्छ्रेतारा ? 
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई हेलोको ‘पुच्छ्रेतारा’ भनिएको हो । यो पुच्छ्रेताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.