आईपीयूमा सभामुखको ‘भर्चुअल’ सहभागिता - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

आईपीयूमा सभामुखको ‘भर्चुअल’ सहभागिता


काठमाडौं, १७ कात्तिक :
विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यवस्थापिका संघ (आईपीयू) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार आइतबार राति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ ।

अधिवेशनमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवले गभर्निङ काउन्सिल सदस्यकारुपमा सहभागिता जनाउनु भएको छ । यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी हुनुहुन्छ ।

गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपीयूका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ । अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यो अधिवेशनमा आईपीयूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उम्मेदवारी दिएका छन् । आईपीयू अध्यक्षको कार्यकाल तीन वर्षको हुने छ ।

यसैबीच नेपालबाट अन्तर व्यवस्थापिका संघ (आईपीयू) को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवले आईपीयूका अध्यक्ष चयनका लागि गोप्य मतदान गर्नुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.