पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु, २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु, २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी


काठमाडौँ, १७ कात्तिक :
 कोरोना भाइरसको संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ९ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १४ लाख ६९ हजार ८ सय १२ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ७६ हजार ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ३ सय २९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ गरी काठमाडौँ उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३ हजार १ सय ५० जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । मन्त्रालयका अनुसार देशभर २८३ जनाको आइसियुमा र ७८ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा ३७ हजार ५ सय २४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, २ हजार १ सय १९ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.