कोरोना संक्रमितको उपचारमा जथाभावी शुल्क लिने अस्पताललाई प्रशासनको कारबाही - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

कोरोना संक्रमितको उपचारमा जथाभावी शुल्क लिने अस्पताललाई प्रशासनको कारबाही


विराटनगर, १८ कात्तिक :
कोरोना संक्रमितहरुको उपचारमा जथाभावी शुल्क लिने अस्पतालहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही गर्ने निर्णय गरेको छ ।

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित निजी अस्पतालहरुको प्रतिनिधि सहितको र्सवपक्षीय बैठकले सो निर्णय गरेको हो । सरकारले तोकेको दर रेटमा कोरोना संक्रमितहरुको उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने निर्णय गरिएको हो । विराटनगरका निजी कोभिड अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारमा ५ हजार देखि ५० हजार रुपैया शुल्क लिएको गुनासो आएपछि र्सवपक्षिय छलफल गरिएको हो । सरकारले सामान्य कोरोना संक्रमितको दैनिक साढे ३ हजार, आईसियु बेडको ७ हजार र भेन्टिलेटरको १५ हजार रुपैया शुल्क तोकेको छ ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिए कानुन अनुसार कारवाही गर्न बाध्य हुने र कोरोना महामारीमा सामाजिक उत्तरदायित्व बहन गर्न निजी अस्पतालहरुलाई कारबाही गर्न बाध्य हुने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनुभयो । तर विराटनगर अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले सरकारले उपचार खर्च हटाएपछि कोरोना संक्रमित विरामीको संख्या घटेका कारण सरकारले तोकेको दर रेटमा उपचार गर्न नसकिने बताउनु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.