पोखरा विमानस्थलका लागि रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

पोखरा विमानस्थलका लागि रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने


पोखरा, १८ कात्तिक :
राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ ) को मापदण्ड अनुरुप सञ्चालन गर्न पोखरा २७ को रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने भएको छ ।

पछिल्लो अध्ययन अनुसार आईकाओको स्टयाण्डर अनुसार वातावरणीय प्रभाव मुल्याङ्कन ईआइए गर्ने काम र विमानस्थलदेखि पूर्वतर्फको रिठ्ठेपानीको डाँडा ४० मिटर काट्ने काम आगामी मंसिरदेखि सुरु गरिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनिश मुननकर्मीले जानकारी गराउनुभएको छ ।

धावनमार्ग ,मुख्य टर्मिनल भवन, ह्याङ्गर ,कन्ट्रोल टावर लगायतको काम सकिएसँगै निर्माणको ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको विमानस्थल तोकिएको समय १० जुलाई २०२१ मा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.