काठमाडौं, २९ कात्तिक : कोरोना संक्रमित प्रा.डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताउनुभएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा.केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएकाे हाे । डा.केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिनुभएकाे छ ।
तर, आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उहाँले नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गर्नुभएकाे छ ।
‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा.केसीले भन्नुभयाे, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

No comments:
Post a Comment