अध्यक्षद्वय ओली र प्रचण्डबीच टेलिफोन वार्ता - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

अध्यक्षद्वय ओली र प्रचण्डबीच टेलिफोन वार्ता


काठमाडौं, १८ कात्तिक :
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । 

अध्यक्षद्वय ओली प्रचण्डबीच सोमबार टेलिफोन वार्ता भएकाे प्रचण्ड निकट स्राेतले जानकारी दिएकाे छ । कुराकानीमा एकपटक निर्णयक वार्ता गर्न अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव गर्नुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले पार्टीमा उत्पन्न विवाद समाधानका लागि कमिटि बैठक आयोजना गर्नुपर्ने बताउदै आउनुभएकाे छ भने अध्यक्ष ओलीले भने कमिटि बैठकअघि एकपटक दुइ अध्यक्षवीच निर्णयक वार्ता हुनुपर्ने पक्षमा हुनुहुन्छ।

अध्यक्ष प्रचण्डको सचिवालयले भने टेलिफोन कुराकानी भएको बारे अनविज्ञता प्रकट गरेकाे छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले टेलिफोन कुराकानी भएकाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयाे । उहाँले भन्नु‘मैले पनि केही अनलाइनमा आएको समाचारबाट थाहा पाएँ । तर टेलिफोन कुराकानी भएको बारे जानकारी छैन ।’ 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.