नेकपाका दुई अध्यक्षबीचको बैठक सम्पन्न, पार्टीकाे आन्तरिक विषयमा छलफल - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

नेकपाका दुई अध्यक्षबीचको बैठक सम्पन्न, पार्टीकाे आन्तरिक विषयमा छलफल


काठमाडौं, २० कात्तिक :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच विहिबार पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीचको छलफल सकिएको छ । करिब एक घण्टा लामो भएको आपसी छलफलमा पार्टीको आन्तरिक विषयमा छलफल भएको हुनसक्ने उहाँले बताउनुभयो । पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुट्नुभएको बुझिएको छ ।

पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरुभएको हो । यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो । बैठकमा भएको छलफल बारे विस्तृतमा जानकारी गराइएको छैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.