माधव नेपाललाई फकाउने ओली पक्षकाे प्रयास जारी - pharaksandesh.com

मुख्य समाचार


Monday 2 November 2020

माधव नेपाललाई फकाउने ओली पक्षकाे प्रयास जारी


काठमाडौं, १७ कात्तिक:
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहका नेताहरुले आज वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्ने भएका छन्। यसअघि शनिबार केन्द्रीय सदस्य प्रदीप नेपाललाई भेटेका नेताहरुले आज माधवकुमार नेपाललाई उहाँको निवासमै गएर भेट गर्न लागेका हुन्। 

ओली समूहका नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापालगायतले शनिबार नेता प्रदीप नेपाललाई उहाँकै निवास गोठाटारमा भेटेका थिए। उहाँहरुले नेपाललाई पूर्वएमाले एक बनाउन आग्रह गर्नुभएकाे थियाे । एमाले नेताहरुलाई एक ठाउँमा उभ्याउन सक्रिय रुपमा लाग्न उहाँहरुको आग्रह थियो। 

ओली पक्षका नेताहरुसँगको भेटलगत्तै माधवकुमार नेपालले आजै प्रदीप नेपाललाई भेट्ने जनाइएको छ। वरिष्ठ नेता नेपालले आफूलाई बाटो पर्दा नियमितजसो भेट्न आउने गरेको प्रदीप नेपालले बताउनुभयाे। ‘म बस्ने गरेको क्षेत्र उहाँ (माधव नेपाल)को निर्वाचन क्षेत्र पनि भएकाले बाटो पर्दा नियमितजसो आउनुहुन्छ,’ प्रदीप नेपालले भन्नुभयाे, ‘आज पनि आउँछु है भन्नुभएको छ। सायद आउनुहुन्छ होला, अरु त्यस्तो राजनीतिक होइन। सामान्य भेटघाट हो।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.