खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ हेरौं: साझा पार्टी - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ हेरौं: साझा पार्टी


काठमाडौं, १८ कात्तिक :
काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरेको छ।

संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गरेको प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्ने साझाको भनाइ छ।

प्रवक्ता पाठकले भन्नुभयाे,‘तर उल्टो नागरिकस्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो ।’ साझाले बुधबार बिहान र बेलुकी खुलामञ्चमा खाना खुवाउने पनि बताएको छ।




‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्,’ उनले भने, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौं कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

सरकारले तुरून्त आफ्नो निर्णय फिर्ता गरेर कोरोना कहर कायम रहुन्जेल श्रमिक र असहायहरूलाई कि ‘काम’ को व्यवस्था कि ‘माम’को व्यवस्था गर्नुपर्ने साझाको भनाइ छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.