नेपालमा कोरोनाबाट मृत्यु हुने हजार नाघे, देशभर नयाँ संक्रमित ३११४, उपत्यकामा मात्रै १४६८ जना संक्रमित - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

नेपालमा कोरोनाबाट मृत्यु हुने हजार नाघे, देशभर नयाँ संक्रमित ३११४, उपत्यकामा मात्रै १४६८ जना संक्रमित


काठमाडौं, १८ कात्तिक :
नेपालमा मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ जना पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ ।

नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते चीनको वुहानबाट फर्किएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएको झण्डै ४ महिनापछि जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । संक्रमणका कारण नेपालमा एकजना चिनियाँ नागरिकले पनि ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १११६६ जनाको पीसीआर परीक्षण गर्दा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १४६८ जना संक्रमित भएका छन् । काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१४२ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४११३४ रहेको छ । नेपालमा निको हुनेको दर ७८.६ प्रतिशत रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.