दाङ प्रहरीद्धारा हजारौ लिटर अवैध घरेलु मदिरा नष्ट - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

दाङ प्रहरीद्धारा हजारौ लिटर अवैध घरेलु मदिरा नष्ट


तुलसीपुर, १६ कात्तिक :
दाङ प्रहरीले हजारौ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १८ फुर्सेखालीबाट वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न व्यक्तिले तयार गरी राखेको अवैध घरेलु मदिरा आईतवार बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले रक्सी ४० लिटर, अवैध घरेलु मदिरा जाँड १४२ ड्रममा राखेको अन्दाजी ४ हजार ५० लिटर, मदिरा बनाउन प्रयोग हुने औषधी पाँच बोरा र मदिरा निर्माण गर्न प्रयोग गरिने ८ सेट भाडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । अवैध घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गैह्र कानुनी भएकाले यस्ता प्रकारका कार्य नगर्न र नगराउन दाङ प्रहरीले सवैमा आग्रह गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.