६० लाख मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

६० लाख मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ


कपिलबस्तु, १८ कात्तिक :
प्रहरीले कपिलबस्तुमा ६० लाख रुपयाँ बराबरको ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ ।

कपिलबस्तुको मर्यादपुर नाकास्थित सुठौली भन्सारको बि.ओ.पी. मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कमाण्डमा खटिएको ५ जनाको टोलीले कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिप चन्द्र सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीसँग ६१.१८० ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपाल भित्र्याउने क्रममा सो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.